कोरोनाले पर्यटनमा पारेको प्रभाव अध्ययन गर्न कांग्रेसले गठन गर्‍यो समिति



 

सोलुखुम्बु ,२१ असार । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले कोरोना भाइरस९अयखष्म(ज्ञढ० संक्रमणका कारण पर्यटन क्षेत्रमा परेको समग्र प्रभाव अध्ययनका लागि ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० का प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा एक समिति गठन गरेको छ।

पार्टी जिल्ला सभापति बिनोद बस्नेत को अध्यक्षतामा शुक्रबार र शनिबार बसेको कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठकले सो समिति गठन गरेको हो। जिल्लाको आम्दानीको मुख्य स्रोत नै पर्यटनसँग सम्बन्धित रहेका कारण त्यसको समग्र प्रभाव अध्ययन गरी पार्टीले अपनाउनु पर्ने रणनीति र आगामी दिनमा उठाउनु पर्ने मुद्दाहरु तय गर्न कार्कीको संयोजकत्वमा समिति गठन गरिएको बैठकपछि सचिब धनजन राइद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ।

गृह जिल्ला सोलुखुम्बु नै रहेका टान प्रथम उपाध्यक्ष कार्की संयोजकत्वको सो समितिमा
आङदावा शेर्पा (चौरीखर्क), देण्डी शेर्पा (गुदेल), हस्तबहादुर थापामगर दिप (वाकु), दावाफिन्जो शेर्पा (नाम्चे) नवीन कार्की(बासा),शेरबहादुर मगर (खरीखोला) सदस्य रहेका छन।

यसैगरी अध्ययन समितिका अन्य सदस्यहरुमा दिप राई( सोताङ),
फुनुरु शेर्पा (पैया ),मनकुमार तामाङ (लोखिम) र भीमबहादुर कामी (वाकु) रहेको बिज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्