काठमाडौको बानेश्वरमा एक ब्यक्तिको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३२ पुग्यो
काठमाडौं १९ असार । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताए।
छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।फाइल फोटो
