कांग्रेस नेता कार्कीद्वारा खुम्बु पासाङल्हामुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं, १२ असार । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ। केहि दिन अघिमात्र नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकालाइ गाउँपालिकामै पुगेर र जिल्ला अस्पताल फाप्लुलगायत अन्य विभिन्न गाउँपालिकाहरुलाइ सदरमुकाम सल्लेरीबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएका नेता कार्कीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका चुङबा शेर्पा लगायत स्थानीय नेताहरूमार्फत खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिनुभयो।
बास्तोलाका अनुसार कोरोना भाइरस COVID-19 रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने १० सेट पीपीइ , ६ वटा थर्मगन,३६ वटा सेनिटाइजर र ५ सय माक्स ब्यक्तिगत सहयोगस्वरुप उपलब्ध गराउनुभएको हो। नेता कार्कीले यसअघि जिल्ला अस्पताल फाप्लु लगायत विभिन्न गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाइ कूल ५२ सेट पीपीइ, १५ सेट थर्मगन, ४ हजार मास्क र ७० डल्ला साबुन उपलब्ध गराउनुभएको थियो। खुम्बु पासाङल्हामुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संगठन बिस्तारका लागि जिल्लामा नेपाली काग्रेसले निर्बाह गर्नुपर्ने भूमिका र अपनाउनु पर्ने रणनीतिका बिषयमा समेत छलफल भएको बताइएको छ।सो कार्यक्रममा कार्की सहित नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेताहरु रामबहादुर बस्नेत, आङछिरिङ शेर्पा,हुत्तराज बस्नेत,चुङ्बा शेर्पा,नेपाल महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङ,काङ्ग्रेस नेताहरु राजन बस्नेत,लाक्पानुरु शेर्पा,दुर्योधन राई ,फुनुरु शेर्पा ,दोर्जी शेर्पा ,दिप राई,लाक्पा राई ,नेबिसंघ निवर्तमान केन्द्रीय सदस्य गिता गुरुङ,लाइन्स क्लब अफ काठमाडौ क्यापिटल अध्यक्ष मन्दिरा बस्नेत कार्की ,नाम्चे सभापति बम्बे दर्जी ,दलित संघ केन्द्रिय सदस्य दुर्गा नौबाघ, कपिल कुलुङ,अर्जुन कुलुङ ,सोनाम शेर्पा,केशव निरौला लगायत दर्जनौ खुम्बुपासाङल्हामु नेपाली काङ्ग्रेसका नेताहरु,ने.बि संघका नेताहरुको उपस्तिथि रहेको थियो।