भद्रकाली स्पोर्टस पनि सञ्चालनमा



काठमाडौं ५ असार । लामो समयको लकडाउनपछि काठमाडौंको भद्रकालीमा रहेको भद्रकाली स्पोर्टस् पनि सञ्चालनमा आएको छ ।
सञ्चालक बाबुकृष्ण सापकोटाले कोरोना भाइरसका कारण बन्द भएको पसल सोमबारबाट सञ्चालनमा ल्याइएको बताए । सरकारले लकडाउनको आव्हान गरेपछि बन्द भएको यो पसल लकडाउन अलिकति खुकुलो भएपछि सञ्चालन गरिएको हो । यहाँ खेलकुदसम्वन्धी सम्पूर्ण सामग्री उपलव्ध हुँदै आएको छ । सञ्चालक सापकोटाले आफ्नो पसलमा आएपछि खेलकुदका कुनै पनि सामग्री किन्न बाहिर जानु नपर्ने बताए । उनले भद्रकाली स्पोर्टसले आफ्नो बेग्लै पहिचान बनाइसकेकाले त्यसलाई आगामी दिनमा झन् व्यवस्थित गर्दै सेवा विस्तार गर्ने जनाए ।
सञ्चालक सापकोटाले कोरोनाका कारण व्यवसायी संकटमा परेको बताए । सधैं बन्द गर्दा पनि एकातिर आफूहरुलाई समस्या पर्ने र अर्कातिर सेवाग्राहीले समयमै सेवा नपाउने भएकाले व्यवसाय सुरु गरिएको स्पष्ट पारे । उनले सुरक्षाका सम्पूर्ण विधि अपनाइएको बताए ।
ग्राहक भित्र पस्दा पनि परीक्षण गर्ने र भौतिक दूरी कायम गर्दै व्यवसाय सञ्चालन गरिएको सापकोटाको भनाई छ । लकडाउनका कारण व्यवसायी ठूलो संकटमा परेको भन्दै उनले सरकारलाई राहतका कार्यक्रम ल्याउन सुझाव दिएका छन् । निजी क्षेत्रले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै यो क्षेत्र व्यवस्थित गर्नु सरकारको कर्तव्य पनि भएकाले त्यसतर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन् । लकडाउनका बीचमा पनि सरकारले व्यवसायीलाई कर तिर्नु भनेर गरेको आदेशलाई उनले अस्वभाविक भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्