पद्धति मिचेर डीन नियुक्त गरिएको भन्दै अनेरास्ववियु आन्दोलनमा,गर्यो आइओएममा तालाबन्दी



काठमाडौं, ४ असार ।त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई नियुक्तको गरेको विरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले गर्दै तालाबन्दी गरेको छ ।

अनेरास्ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आइओएममा तालाबन्दी गरेको हो । संगठनले डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

अनेरास्ववियूले वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचका आधारमा डा. सिंहलाई नियुक्ति गरिएको आरोप लगाएको छ । तालाबन्दीमा प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको छ ।

त्रिवि कार्यकारी परिषदले प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसका आधारमा डा. शाहलाई आइओएमको डिनमा नियुक्त गरेको थियो ।

वरिष्ठताका आधारमा डिन छान्ने पद्धति बसेकोमा उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने विद्यार्थी संगठनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्