नेकपाको सचिवालय बैठक आकस्किम स्थगित



काठमाडौं ३२ जेठ । नेकपा सचिवालयको बैठक आकस्मिक रुपमा स्थगित भएको छ । आइतबार अपराह्न ४ बजेलाई बोलाइएको सचिवालय बैठक आकस्मिक रुपमा रोकिएको हो । बैठकमा एमसीसीका बारेमा छलफल गर्ने कार्यसुची राखिएको थियो । तर आकस्मिक रुपमा बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।
आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो ।

एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरूले राष्ट्र हितका पक्षमा भएकाले संसदबाट अनुमोदन गर्नु पर्ने बताउँदै आएका छन् भने उनी इतरका समुहले राष्ट्रहितमा नरहेको भन्दै संसोधनपछि मात्रै एमसीसीलाई अघि बढाउन सकिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्