नयाँ नक्साविरुद्धको संशोधन प्रस्ताव खारेज भएपछि संसद बैठकबाट सरिता गिरी बाहिरिन ‘आत्महत्या गर्न सकिनँ, युद्धको बाटो रोजेँ’



काठमाडौं३१ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठक छाडेर बाहिरिएकी छन हिँडेकी छन्। शनिबारको संसद बैठकले आफुले प्रस्ताव गरेको नयाँ नक्साविरुद्धको संशोधन प्रस्ताव खारेज भएपछि सांसद गिरी बैठकबाट बाहिरिएकी हुन ।

संविधान संशोधन विधेयकमा राखेको संशोधन प्रस्ताव सभामुख अग्‍निप्रसाद सापकोटाले खारेज गरि दिएका हुन । आफुले राकेको संशोधन प्रस्ताव खारेज गरेपछि संसदबाट बाहिरिँदै गिरीले आफूले आत्महत्या गर्न नसकेको बताएकी छिन्। उनले आफूमाथि दुईसातादेखि जथाभावी गाली गरिएकोमा आपत्ति जनाइन्।

संसद बैठकबाट बाहिरिएपछि त्यहाँ रहेका पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले आत्महत्या नरोजेर लडाइँको मैदान रोजेको बताएकी छन्। उनले बंगालदेश र बोस्नियाको उदाहरण दिँदै आफ्नो अपमान भएको गुनासो पोखिन्। ‘हरेक महिलाले आफ्नो स्वाभिमान र आत्मसम्मानको रक्षा गर्नुपर्छ। राष्ट्रियताको नाममा एउटा महिला सांसदमाथि भएको यो अन्यायविरुद्ध म चुप लागेर बस्दिनँ’, उनले भनिन्, ‘मैले आत्हत्याको बाटो नरोजेर जंग (युद्ध) को बाटो रोजेकी छु। तपाईंहरुले बंगलादेशलाई सम्झिनु होला।

बंगलादेशको निर्माण कसरी भएको थियो ? त्यहाँ पाकिस्तानी सैनिकहरुले महिलामाथि बलात्कार गरेका थिए। महिलाहरुकै विद्रोहले बंगलादेश जन्मियो।’ अरु देश पनि त्यसैगरी जन्मिएको उनले बताइन् । ‘बोर्सनिया, हर्जगोभिना सबै। जब जातीय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन,’ उनले भनिन्।

शनिबार बसेको संसदको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन्। सभामुख सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए। उनले बोल्न खोज्दा सांसदहरु उठेर नियमापत्ति गरेपछि सभामुख सापकोटाले रुलिङ गरेका थिए। सभामुख सापकोटाले उनको प्रस्ताव संसदको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको बताएका थिए।

गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव गत बुधबार दर्ता गरेकी थिइन्। उक्त विधेयकको दफा २ मा मूल संविधानको धारा ९९२० सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था गरिएको छ। गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्