आज पनि प्रधानमन्त्री निवास अगाडि हजारौंको प्रदर्शन



काठमाडौं २९ जेठ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर बिहीबार पनि सरकारविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।

विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी तितरवितर पारेको छ । उनीहरुले विवादास्पद एमसीसी पास गर्न नगर्न पनि आग्रह गरेका छन् । प्रदर्शनमा हजारौं सहभागी थिए ।
लकडाउनको खुकुलो बनाएका कारण पनि प्रदर्शनमा उल्लेख्य सहभागिता बढेको हो । बालुवाटारमा यसअघि भएको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्