सोताङको बीरेन्द्रज्योतिमा बाली बिज्ञान पढाइ हुने !
सोलुखुम्बु, २५ जेठ ।जिल्लाको सोताङ गाउँपालिकामा रहेको बीरेन्द्र ज्योती माबिमा बालि बिज्ञान बिषयमा अध्यापन सुरु हुने भएको छ।
प्रतिनिधिसभा सदस्य हेम कुमार राइको पहलमा यसै शैक्षिकसत्रदेखि कक्षा सन्चालन हुनेगरि प्राबिधिक धार अन्तर्गत सो बिषयको अध्यापन का लागि शिक्षा मन्त्रालयले स्वीकृति प्रदान गरेको हो।कृषि बिज्ञान अन्तर्गत पर्ने बाली बिज्ञान बिषय कक्षा माध्यमिक तहको कक्षा ९ बाट सुरु हुने सांसद राइको सचिवालयले जनाएको छ।
शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सोलुखुम्बुको बीरेन्द्र ज्योति माबिसंगै विभिन्न जिल्लाका ४४ अन्य विद्यालयहरुलाइ समेत प्राबिधिक धारका विभिन्न बिषयमा यसै बर्षबाट कक्षा सन्चालनको अनुमति प्रदान गरिएको छ।
प्राबिधिक धार अन्तर्गत कृषि क्षेत्रका लागि प्राबिधिक उत्पादन गर्ने गरि बाली बिज्ञान पढाइ हुने बीरेन्द्रज्योती पहिलो सोलुखुम्बु जिल्लाकै माबि बनेको छ। सांसद राइकै पहलमा सिभिल इन्जिनियरिङ भने नेचासल्यान गाउँपालिकाको केदार माबि र थुलुङदुधकोसी गाउँपालिकामा ब्याच्लरसम्मको कक्षा गत बर्षदेखी नै सन्चालन हुँदै आएका छन।