लिखुपिकेको बुकुदोभानमा गाडी दुर्घटना, तीन जना घाइते



राजेन्द्र बस्नेत
सोलुखुम्बु , २४ जेठ । लिखुपिके गाउँपालिका वडा नम्बर २ मा निर्माणाधीन लिखु ए अडिटमा राङ्दाबाट तेल बोकेर आएको बा। ३ क ३४३७ नम्बरको अप्टिमा गाडी दुर्घटनामा परेको छ।
लिखु ए पावरहाउसमा रहेको पम्पका लागि आवश्यक इन्धन लिएर आउने क्रममा उक्त गाडी दुर्घटनामा परेको हो । हिजो देखि परेको पानीका कारण बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रोजेक्ट मेनेजर आर।के सुमनले जानकारी दिए। गाडी चालक भिम गोले पेट्रोल पम्पका अपरेटर रुदन यादव र मेकानिकल हेल्फर बम बहादुर पुन मगर घाइते भएका छन। घाइतेहरु लाई भण्डारमा लगेर उपचार गरिने र आवश्यक परेमा थप उपचारका लागि काठमाडौ लगिने लिखु ए टनेलका प्रोजेक्ट मेनेजर प्रकाश पाण्डेले बताए। घाइतेहरुको उद्दार गरिसकिएको उनले बताए।
यसैबीच, टनेलमा कार्यरत कामदारहरुको उपचारमा ध्यान दिन ब्यबस्थापनको ध्यानाकर्षण गराएका छन।उनीहरूको उपचारमा गम्भीरता नदेखाए काम ठप्प गर्ने चेतावनी समेत उनीहरूले दिएका छन।

प्रतिक्रिया दिनुहोस्