चलचित्र बिकास बोर्डको अध्यक्षमा दाहाल



काठमाडौं, २३ जेठ। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ ।

बिहीबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र निर्देशक दाहालको नाम अध्यक्षका लागि सिफारिस भएको थियो । अध्यक्ष बन्नका लागि निवदेन भने दस जनाले दिएका थिए ।

अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्ड अध्यक्षविहीन थियो।

प्रतिक्रिया दिनुहोस्