पुनर्निर्माण : गुनासो सुनुवाइबाट थपिए २५ हजार लाभग्राही !
काठमाडौं २० जेठ, । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फर्स्योटसम्बन्धी अन्तिम बैठकबाट ८१ जना निजी आवास लाभग्राही थप गर्दै गुनासो फर्स्योटसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरेको छ । छुट तथा पुनः जाँच सर्वेक्षण २०७५र ७६ मार्फत २५ हजार लाभग्रही थप्दै प्राधिकरणले गुनासो सुनुवाईको प्रक्रिया टुंग्याएको छ ।
१६ जेठमा बसेको प्राधिकरण सञ्चालक समितिले अन्तिम ५ हजार परिवारको गुनासो सुनुवाई गर्दै ८१ परिवारलाई लाभग्राही कायम गर्ने निर्णय भएको हो । यससँगै २०७४ सालबाट शुरु भएको छूट तथा पुनः जाँच सर्वेक्षण र त्यसको नतिजामाथि गुनासो फर्स्योटको काम पुरा भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन् ।