क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु



काठमाडौ २० जेठ । क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–४ को मालिका मावि, भटनामा रहेको क्वारेन्टिनमा बसेकी २२ वर्षीया सुनिता लुहारको मृत्यु भएको हो। मंगलबार बिहान मृत्यु भएकी लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकीका प्रमुख रोहितकुमार धानुकले बताए। एक दिन अघि समान्य अवस्थामा रहेकी उनको मृत्यु भएको बताइएको छ।

मृतक लुहार भारतको पञ्जाबबाट जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै स्वदेश फर्केकी हुन्। सोमबारदेखि श्रीमान् र डेढ वर्षीय शिशुसहित क्वारेन्टिनमा बसेकी उनी मुटुरोगको उपचार गराएर फर्के पनि आर्थिक अभावमा विगत १२ दिनदेखि औषधि सेवन नगरेको उनका श्रीमान् हरिश लुहारले बताए।

मृतकको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल लयाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्