१७ करोडको लागतमा खेलग्राम बनाउंदै थुलुङ दुधकोसी,अध्यक्ष थुलुङले गरे शिलान्यास



सोलुखुम्बु , १९ जेठ।जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा जिल्लाकै पहिलो अत्याधुनिक खेलग्राम निर्माण हुने हुनेभएको छ।गाउँपालिकाको वडा नं ६ मैदेलमा निर्माण गर्न लागिएको सो खेलग्रामको अध्यक्ष अशिम राइले उद्घाटन गरेका छन।

प्रतिनिधिसभा सदस्य हेमकुमार राई ूशूरवीर ू को प्रमुख आतिथ्यमा उद्घाटन गर्ने तयारी गाउँपालिकाले गरेपनि संसदमा भैरहेको बजेटमाथिको छलफल र संबिधान संशोधन लगायतका कारण उनी आउन नसकेपछि पालिका अध्यक्ष थुलुङले आइतबार उद्घाटन गरेको सो खेलग्रामले ३२ रोपनी क्षेत्रफल जग्गा ओगट्ने बताइएको छ।

खेलग्राम निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने स्थानीयप्रति गाउँपालिका ऋणी रहेको बताउंदै अध्यक्ष थुलुङले उनीहरुको योगदानको खुलेर प्रशंसा गरेका छन।नेपाल सरकारको ुएक स्थानीय तह, एक खेलग्रामु निति अन्तर्गत निर्माण हुन लागेको खेलग्रामलाइ क्रमागत योजनामा समेटिएको जानकारी थुलुङले गराएका छन।अत्याधुनिक खेलग्राममा इन्डोर र आउटडोर खल्न सकिने उनले बताए।

प्रतिनिधिसभा सदस्य राइको पहल गाउंपालिका अध्यक्ष थुलुङको सक्रियतामा संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले सो खेलग्राम निर्माणका लागि चालु आर्थिक बर्षका लागि सो खेलमैदान ५० लाख बजेट बिनियोजन भएको थियो । यो योजनाको कुल लागत १६ करोड ९७ लाख १५ हजार ७ सय ७६ रूपैयाँ छ ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष थुलुङले खेलग्राम निर्माणले जिल्लामा गाउंपालिकाको पहिचान बदल्ने उल्लेख गर्दै बिकास निर्माणको सवालमा थुलुङ दुधकोसीलाइ उदाहरणीय बनाउने गरि आफू सक्रिय रहेको बताए।छिटोभन्दा छिटो खेलग्राम निर्माण सम्पन्न गर्ने प्रयत्नमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बजेट बिनियोजनका लागि पहल गर्नुभएको भन्दै प्रतिनिधि सभा सदस्य राइलाई धन्यवाद समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्