बजेट सीमा सुरक्षाका लागि ४९ वटा सीमा सुरक्षापोष्ट थपिने



काठमाडौँ, १६ जेठ । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणका लागि राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाइने भएको छ । सीमा अतिक्रमण, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न ४९ वटा बीओपी (सीमा सुरक्षा पोस्ट) थप्ने तयारी भएको छ ।

नेपाल प्रहरीको दक्षता अभिवृद्धि गरी तथ्य र वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धान र अभियोजन प्रणाली सुनिश्चित गरिने छ भने अध्यागमन सेवामा सूचना प्रणालीको विकास गर्न आवश्यक बजेटको व्यवस्था छ । राष्ट्रिय अनुसन्धान विभागको क्षमता विकास गरी प्रविधिको प्रयोग मार्फत व्यावसायिक ‘इन्टिेलिजेन्स’ र अनुसन्धानमा जोड दिइने छ । सबै सुरक्षा निकायलाई स्रोत साधन र प्रविधिको माध्यमबाट दक्ष, व्यावसायिक र उच्च मनोवलयुक्त बनाइने छ ।

नेपाली सेनालाई बङ्करबाट ब्यारेकमा स्थान्तरण गर्न थप आवास भवन निर्माण सम्पन्न गरिने छ । सेनाको क्षेत्रीय एयरवेशको स्थापना तथा स्तरोन्नति कार्य राज्यका सम्पूर्ण सुरक्षा निकायलाई आवश्यक पर्ने पोसाक, जुत्ता र खाद्यन्नलगायत आवश्यक वस्तुको उत्पादन स्वदेमै गरिने उक्त बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्