ने.रा.शि.संगठन, वागमती प्रदेश समितिद्धारा सप्ताहव्यापी वेभिनार कार्यशाला उद्घाटन
ने.रा.शि.संगठन, वागमती प्रदेश समितिद्धारा साप्ताहव्यापी वेभिनार कार्यशाला उद्घाटन
लावण फुयल, धादिङ
गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेशले सप्ताहव्यापी प्रविधिमैत्री प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेको छ । कार्यशालाका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष श्री लक्ष्मण शर्माले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त वेभिनारले शिक्षकलाई प्रविधिका क्षेत्रमा थप अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले हाल संगठनले देशव्यापी रुपमा यस्ता कार्यशालाहरुको सञ्चालन गरी शिक्षकहरुको पेशागत दक्षतामा अभिवृद्दि गर्नमा भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै सम्पूर्ण शिक्षकहरुलाई जुम एप्सको माध्यमबाट कार्यशालामा जोडिई लाभ लिनको निम्ति समेत आग्रह गर्नुभयो ।
प्रदेश समितिद्धारा सञ्चालित उक्त वेभिनार आगामी एक हप्तासम्म सञ्चालन गरिने र शिक्षण सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी विषयवस्तु मूल रुपमा अन्तरक्रिया केन्द्रित रहने ने.रा.शि.संगठन प्रदेश समितिका अध्यक्ष श्री नीरबहादुर कार्कीले बताउनुभयो । आजको कार्यशालामा कोरोना ;एक परिचय विषयमा श्री चन्द्रकला दवाडीले सहजीकरण गर्नुभएको थियो ।
