पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं १५ जेठ । पर्सामा विहीबार साँझ थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल बीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डा सिंहका अनुसार संक्रमितहरु पोखरिया नगरपालिकाका २१, ३७, ३९ र ४२ वर्षका पुरुष रहेका छन् ।