यस्तो छ आ.व. २०७७/०७८ बजेट ( पूर्णपाठ सहित)



काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि १४ खर्ब ७६ अर्ब ४३ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरिएको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको जानकारी दिएका छन् । ३ खर्ब ४२ अर्ब ९१ करोड पुँजीगत बजेट र १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय व्यवस्था बजेट हो ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने छ। साथै बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

चालु आर्थिक वर्षका लागि सरकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ खर्ब ८ अर्ब पुँजीगत र १ खर्ब ६७ अर्ब ८५ करोड वित्तीय व्यवस्था बजेट हो ।

बजेटको पूर्ण पाठ यस्तो छ

प्रतिक्रिया दिनुहोस्