थप १५६ जनामा को’रोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या १०४२ पुग्यो



काठमाडौं १५ जेठ । नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले थप १५६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन्। यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १०४२ पुगेको छ ।

बिहीबार दिउसो २स्१५ बजेको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले १५६ जना को’रोना संक्रमित थपिएको बताएका हुन् । नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो । पछिल्लो समय को’रोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा को’रोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आर डीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले को’रोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्।

प्रतिक्रिया दिनुहोस्