काठमाडौंको बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल



काठमाडौं १३ जेठ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।

वडाध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार, बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र सिल गरिएको हो ।

सिल गरिएसँगै सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्