प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
आजको बैठकमा संविधान संशोधनलाई प्रमुख एजेण्डाको रुपमा छलफल हुनछ भने, एमसीसी बजेट र कोरोना महामारीबारे छलफल हुनेछ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई आमन्त्रण गरिएको जनाइएको छ ।