भूमि फिर्ताको पहल थाल्न डा. केसीको माग,गरे दुई दिने सत्याग्रहको घोषणा



काठमाडौं, १२ जेठ । नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्।

सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न सत्याग्रह घोषणा गरेको उनले उल्लेख गरेका छन।

‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’ उनले भनेका छन्।

साथै डाक्टर केसीले हालसम्म सरकारले आफूसँग गरेका माग पूरा हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्