रौतहटमा दशगजा मिचेर नेपाली भुमीमा भारतले बनायो बाँध



रौतहट १२ जेठ । नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्।
सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो (आइतबार) स्थानीयको अवरोधपछि भारतीय पक्षले हाललाई निर्माण कार्य रोकेको छ।

स्थानिय र भारतीय पक्षको वादविवादका कारण सो क्षेत्र केहीबेर तनावग्रस्तसमेत बनेको इशनाथ १ का वडाध्यक्ष बिगु साहले जानकारी दिए। साहकै नेतृत्वमा करिब १ हजारभन्दा बढी स्थानीय भारतीय पक्षले निर्माण गरेको बाँधमा पुगेर विरोध जनाएका थिए।

सो क्रममा रोक्न गएका स्थानीय र भारतीय पक्ष बीचमा ठूलै वादविवाद भएको साहले बताए।

प्रतिक्रिया दिनुहोस्