अस्पतालका आठजना स्वास्थ्यकर्मी तथा कर्मचारीमा आरडिटी पोजिटिभ देखिएपछि धादिङ अस्पतालको ओपिडी सेवा बन्द
धादिङ ९ जेठ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा समेत कोरोना परिक्षण आरडिटी देखिएपछि जिल्ला अस्पताल धादिङको ओपिडी सेवा तल्कालका लागि बन्द गरिएको छ।
बुधबार जिल्ला अस्पताल धादिङले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेर ७९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आरडीटी गरेको थियो। आरडिटी परीक्षण गर्दा सातजनामा पोजिटिभ रिपोर्ट देखिएपछि ओपिडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । उनीहरुको पिसिआर रिपोर्ट नआइञ्जेलसम्म ओपिडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टेन्ड डा. दीपा बोहोराका अनुसार पोजिटिभ देखिएका सबै कर्मचारीको स्वास्थ्य अबस्था सामान्य रहेको र पिसिआर परीक्षणको रिपोर्ट नआइञ्जेलसम्म आइसोलेसनमा राखिने बताइन्।