समस्यामा परेका सोलुखुम्बुबासीलाइ कांग्रेस नेता कार्कीको सहयोग



काठमाडौं, ७ जेठ ।नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले बन्दाबन्दीका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ काठमाडौंमा राहत बितरण गरेका छन।

सोलुखुम्बुबाट काठमाडौं आइ अस्थायी बसोबास रहेका विद्यार्थी , मजदुर र दैनिक ज्यालादारीहरुलाइ नेता कार्कीले राहत बितरण गरेको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए।बास्तोलाका अनुसार बन्दाबन्दीका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ कार्कीले गरेको यो तेस्रो चरणको सहयोग हो।बन्दाबन्दीका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ उनीहरुकै आग्रहमा कार्कीले यसअघि दुइपटक राहत उपलब्ध गराएको जानकारी उनले दिए।कार्कीले पहिलो चरणमा १०७ र दोश्रो चरणमा १७६ परिवारलाई राहत बितरण गरेका थिए।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकरिणी सदस्य समेत रहेका कार्कीले तेस्रो चरणमा मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुगेर ८५ जनालाई राहत बितरण गरेका थिए। धुम्बाराहिबाट सुरु भएको तेस्रो चरणको राहत बितरण कार्यक्रम कपन ,चाबहिल ,सानोठिमी ,भक्तपुर बोडे हुँदै पुल्चोकसम्म पुगेर सम्पन्न भएको थियो।राहत स्वरुप उनीहरुलाइ विभिन्न खाद्य सामाग्री हस्तान्तरण गरिएको बास्तोलाले बताए।

प्रतिक्रिया दिनुहोस्