नयाँ नक्शा :भारतले नाकाबन्दी लाउन सक्ने सांसद राइको आशंका
काठमाडौं, ७ जेठ ।संघीय संसद प्रतिनिधि सभाका सदस्य हेम कुमार राई सुरबीर ले मुलुकको हित र जनताको स्वाभिमानको रक्षाका लागि राष्ट्रिय एकताको खांचो रहेको बताएका छन् ।
दक्षिणी छिमेकी मुलुक भारतद्वारा अतिक्रमित दार्चुला जिल्लाको कालापानी क्षेत्रका लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा सार्बजनिक गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै सांसद राइले सो कुरा बताएका हुन।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्शा सार्बजनिक गर्ने निर्णय गरेको थियो। त्यसका लागि निशान छापमा खोपिएको नेपालको नक्शा बाधक भएपछि संबिधान संशोधनको तयारीमा सरकार जुटेको छ ।
बर्षौं देखि भारतले हडपेको नेपाली भूमि समेटेर नयाँ नक्शा सार्बजनिक गर्ने सरकारको निर्णयको सर्बत्र स्वागत र प्रशंसा भइ रहेको छ। यसै सन्दर्भमा सरकारको निर्णयले नेपाली जनताको स्वाभिमान अझ उचो भएको प्रतिक्रिया व्यक्त गर्दै सांसद राइले नेपालको यो कदमबाट अतालिएर भारतले नाकाबन्दी गर्न सक्ने आशंका व्यक्त गरेका छन।
सामाजिक संजाल फेसबुकमा राइले ०७२ सालमा आफुलाइ नसोधी संबिधान जारी गरेको भन्दै भुकम्पले थिलथिलो भएका बेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको स्मरण गर्दै भनेका छन् -‘आफ्नो भुगोललाइ समेटेर नयाँ नक्शा सार्बजानिक गर्न नेपाल सरकारको निर्णय पछि फेरि त्यो अवस्था आउन सक्छ।तर कुटनैतिक बार्ता र सम्बादबाट नभए अन्तराष्ट्रिय अदालत गएर भए पनि आफ्नो भुमि फिर्ता ल्याएरै छोड्नु पर्छ।’
राष्ट्रियता,राष्ट्रिय अखण्डता , सार्बभौमसत्ता र नेपाली जनताको स्वाभिमानलाइ केन्द्रबिन्दुमा राखेर अघि बढ्नु अहिलेको मुख्य कार्यभार भएको बताउंदै उनले भनेका छन -‘देश बचाऔं, आफ्नो नागरिकको जीबन बचाऔं, बांकि कुरा सबै चलि आएकै छ ,चल्दै जानेछ ।’