लिखुपिकेलाइ हिमालयन प्रोजेक्टद्वारा स्वास्थ्य सामाग्री सहयोग



राजेन्द्र बस्नेत
सोलुखुम्बु , ५ जेठ ।जिल्लाको लिखुपिके गाउँपालिकालाई हिमालयन प्रोजेक्ट डेनमार्कले कोरोना नियन्त्रण तथा रोकथाममा प्रयोग हुने माक्स, पिपिइ , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु पठाएर सहयोग गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड(१९ कोरोना भाइरसका कारण पछिल्लो समय नेपालमा पनि मृत्यु हुन थालेपछि यस्को त्रास बढिरहेकै बेला प्रोजेक्टले सहयोग उपलब्ध गराएको हिमालयन प्रोजेक्ट नेपालकी प्रबन्ध निर्देशक जानकी खड्काले बताइन। लिखुपिकेमा क्रियासिल ४ राजनीतिक दल, लिखुपिके गाउँपालिकाको स्वास्थ्य शाखा , ३ नम्बर र ५ नम्बर वडा कार्यालयले स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नका लागि प्रोजेक्ट लाई आग्रह गरेको र महामारीको समयमा नेपाली जनता सग हातेमालो गर्न सहयोग उपलब्ध गराएको खडकाले धारणा राखिन।

स्वास्थ्य शाखामा प्राप्त सामाग्रीको सोमबार पालिका अध्यक्ष डम्बरबहादुर बस्नेत, उपाध्यक्ष प्रमिला बस्नेत वडाअध्यक्षहरु सहितका जनप्रतिनिधि र ४ वटै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री सार्वजनिक गरिएको हो। यी सामाग्रीहरु आवश्यकताको आधारमा अन्य वडा तथा हेल्थडेस्कमा पठाइने स्वास्थ्य शाखा प्रमुख ज्ञानु कार्कीले जानकारी दिए। उनले पालिकाभर रहेका सुगर, प्रेसर र मिर्गौला सहितका दीर्घ रोगिहरु लाई आआफ्नो वडा कार्यालय मार्फत प्राप्त नामावलीका आधारमा स्वास्थ्य कार्यालयहरुमा औषधी पठाइएको र त्यहीँ बाट औषधी लिनपनी आग्रह गरे ।

पालिकामा प्राप्त स्वास्थ्य सामाग्रीको अवलोकन गर्दै पालिका प्रमुख सहितको टोलिले हिमालयन प्रोजेक्ट लाई महामारीको समयमा पनि सहयोग उपलब्ध गराइ मानवताको उच्च परिचय दिएकोमा धन्यवाद दिएका छन।

प्रतिक्रिया दिनुहोस्