लायन्स क्लब अफ पोखरा भिजिटमा नयाँ नेतृत्व



काठमाडौ ५ जेठ । लायन्स क्लब अफ पोखरा भिजिटको लायन वर्ष २०२०/२१ काे अध्यक्षमा कमल पाैडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष महेन्द्र सापकोटा, प्रथम उपाध्यक्ष सुवास पौडेल,द्धितीय उपाध्यक्ष बाबुराम तिवारी राजेश, तृतीय उपाध्यक्ष सुरेन्द्र लामिछाने, सचिव रामहरि वाग्ले, सहसचिव गणेश भण्डारी, कोषाध्यक्ष रामकृष्ण पौडेल -सुमित_ सहकाेषाध्यक्ष ढकनाथ ढुंगाना निर्वाचित भए ।

मेम्बरसिप चेयरपर्सन वसुदेव आचार्य, एलसिआइएफ कोअर्डिनेटर महेश रेग्मी, सर्भिस चेयरपर्सन रामकृष्ण भण्डारी, क्लब मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सन सूर्य सापकोटा चयन भए । हेल्थ डाइरेक्टर राजु पौडेल, सा‌ंस्कृतिक डाइरेक्टर कमलप्रसाद पौडेल, खेलकुद डाइरेक्टर पोमिल लामिछाने, वातावरण निर्देशक धर्म शर्मा, ट्राभलिङ निर्देशक- चोलाकान्त पराजुली (लक्ष्मण) चयन भएका छन् ।

अन्तर क्लब समन्यव निर्देशक राधाकृष्ण बसौला -आरके बसौला _,टेल ट्विस्टर दीपक पोखेरल सल्लाहकारमा हिरामणि शर्मा, काशीराम शर्मा, भविश्वर पराजुली -दिपेश_, सुबास आचार्य निर्वाचित भएका छन् ।

लकडाउनको समयमा अनलाइन प्रविधिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको क्लबका अध्यक्ष महेन्द्र सापकोटाले जानकारी दिए । २०१९/२० मा स्थापना भएको क्लबले स्थापनाको प्रथम वर्षमा नै सामाजिक कार्यमा अग्रणी स्थान हासिन गर्न सफल भएको सचिव लायन सुरेन्द्र लामिछानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्