थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं ३१ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन्।
सहप्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो