अमेरिकामा कोरोना भाइरसले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित



अमेरिकामा कोरोना भाइरसले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित

काठमाडौं ३० बैशाख । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्