सोमबारको मौसम मेघगर्जन, चट्याङ्ग ,असिना र हावाहुरीसहितको वर्षा हुने
काठमाडौं २९ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिन मेघगर्जन, चट्याङ्ग ,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशका पहाडी भू भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।
हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।