‘गो ब्याक इन्डिया’ को नारा लगाउंदै अनेरास्ववियु सडकमा



काठमाडौं, २७ वैशाख । नेपाली भुमिमा भारतले अनधिकृत रुपमा मानसरोवर जाने सडक निर्माण गरेको बिरोधमा सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियुका नेता कार्यकर्ताहरु सडकमा उत्रिएका छन।
सडक उद्घाटन भएको सार्बजनिक भएसंगै मुलुकभर चौतर्फी आक्रोश उत्पन्न भैरहेका बेला अनेरास्ववियुले झगो ब्याक इन्डियाु को चर्को नारा लगाउंदै भारतीय दूतावास लैनचौर पुगेको हो।शनिबार मध्यान्ह नारा जुलुस सहित भारतीय दूतावास अगाडि जुलुश तथा धर्नाका लागि पुगेका अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित् भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको अनेरास्ववियुले जनाएको छ।
विद्यार्थीहरुले प्रहरीले धरपकड र दमन विरुद्ध पनि चर्को नाराबाजि गरेका थिए । उनीहरुले भारतीय सेना मुर्दावादको पनि नारा लगाएका थिए । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्