सरकारलाई डा. कोइरालाको प्रश्न : सांसदलाई पीसीआर परीक्षण ,संक्रमित जनतालाई आरडीटीमात्रै ?
काठमाडौं, २७ बैशाख ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सांसद र जनतालाई फरक(फरक विधिबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिएकोमा प्रश्न उठाएका छन्। उनी लामो समय चिकित्सा अभ्यास गरेका डाक्टर समेत हुन्।
‘सांसदलाई पीसीआर परीक्षण अनि संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्ररु’, शनिबार ट्विटरमा उनले भनेका छन्, ‘यो कस्तो शैली हो सरकार ?’
सांसदलाई पीसीआर परीक्षण गरिएको ठिक भए पनि जनताप्रति भेदभाव भएको उनले टिप्पणी गरेका छन्। ‘सांसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्योरु अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान्’, उनले भनेका छन्।
डा। कोइराला लामो समय विराटनगरस्थित कोशी अस्पतालमा काम गरेका मेडिकल डाक्टर हुन्।