सीमामा भारतीयको रजाइँ , ओली सरकारलाई अर्को संकट !



काठमाडौं, २७ बैशाख ।नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरालाइ समेत समेटेर आफ्नो राजनीतिक नक्सा सार्बजनिक गरेको दक्षिणी छिमेकी मुलुक भारतले सोही नेपाली भूमी लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि भारतको सो कदमको चौतर्फी बिरोध सुरु भएको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेको गर्वाधार लिपुलेक सडकको बिषय उनकै ट्वीट्बाट सार्बजनिक भएपछि पार्टी भित्रैबाट तीब्र चुनौतीको सामना गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार झन संकटमा परेको छ।कतिपयले त भारतले नेपाली सीमा मिचेर निर्माण गरेको लिपुलेक सडक नेपाल सरकारको मौन स्वीकृतीको परिणाम भएको आरोप लगाएका छन।हुन पनि भारतले नेपाली भुमि मिचेर एकतर्फी रुपमा सार्बजनिक गरेको राजनीतिक नक्शाबिरुद्ध नेपाल सरकारले कुटनैतिक पहलमा तदारुकता नदेखाएकै कारण भारतको मनोबल बड्दै गएको कुरालाई नकार्न सक्ने अवस्था अहिले छैन। राजनीतिक र जनस्तरबाट व्यापक बिरोध हुंदा हुँदै पनि सरकारको रहस्यमय मौनताले बेवारिसे बनेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको हिसाब किताब सडक निर्माण प्रकरणमा नेपाली जनताले खोज्ने प्रशस्त संकेतहरु देखिइ सकेका छन।
कोरोनाभाइरस संक्रमण न्यूनीकरण का लागि नेपाल लकडाउनको अवस्थामा रहेको मौका पारेर भारतले निर्माण गरेको उक्त सडकका सम्बन्धमा यसपटक पनि नेपाल सरकारको प्रष्ट धारणा आउने सम्भावना देखिएको छैन। यद्यपि सत्तारूढ दल नेकपाकै अधिकांश नेताहरूको तीब्र आक्रोश र विपक्षी दलहरुको प्रतिक्रियालाई गहन बिश्लेशन गर्ने हो भने नेपालको राष्ट्रियतासंग जोडिएको यो बिषय ओली सरकारका लागि फलामको च्युरा हुने कुरामा शंका छैन ।

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गर्नु सन् १९१६ को सुगौली सन्धि बिपरित भएको जानहरुको भनाइ छ।सडक भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।सन्धी अनुसार काली ९महाकाली० नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो ।

चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ ।

भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।

भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ ।

भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो । तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्र्याक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् । उता चीनले लिपुलेकसम्म सन् २००८ मा सडक ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्