विद्यार्थी भर्ना र परीक्षाको कुनै निर्णय भएको छैनस् शिक्षा मन्त्रालय
काठमाडौं, २३ वैशाख । सरकारले विद्यार्थी भर्ना र परीक्षाका सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले अर्को सूचना जारी नभएसम्म भर्ना नगर्न र परीक्षाका कार्यक्रम तय नगर्न समेत सम्बन्धित विद्यालय र क्याम्पसहरुलाई आग्रह गरेको छ ।
बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हाल सबै विद्यार्थीहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको र यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनुका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिन वा बैंक खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।
मन्त्रालयले एसईई र कक्षा ११ र १२ को परीक्षाका सम्बन्धमा समेत सरकारले सुक्ष्म अध्ययन गरिरहेकोले परीक्षा सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।