नेकपा (माओवादी केन्द्र) ले राहत कोष खडा गर्ने



काठमाडौं , २२ बैशाख । नेकपा (माओवादी केन्द्र) कोरोना रोग प्रतिरोध व्यवस्थापन कार्यदलका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ ले सरकारी तथा गैरसरकारी क्षेत्रबाट कतिपय स्थानमा राहत वितरणमा अनियमितता र विभेदपूर्ण कार्य गरेको आरोप लगाउंदै वास्तविक पीडित पक्षलाई राहत दिलाउने काममा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन।
जेठभित्र कार्यदलले एउटा राहत कोष खडा गर्ने बताउंदै नेकपा (माओवादी केन्द्र) का महासचिव समेत रहेका बुढाथोकीले प्रदेशस्तर र स्थानिय स्तरमा कोरोना रोग प्रतिरोध व्यवस्थापन कार्यदल गठन गर्न आग्रह गरेका छन।
राहत वितरणको प्रक्रियामा हाम्रो पार्टीको प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने तर्फ अगाडि बढ्न आग्रह गर्दै बुढाथोकीलेकतिपय जिल्ला तथा स्थानिय स्तरमा हाम्रो पार्टीबाट पीडित पक्षलाई राहत वितरण, यातायातको व्यवस्था साथै औषधी उपचारको व्यवस्था जस्ता महत्वपूर्ण काम भएकोले यसलाई देशव्यापी विस्तार गर्न सबै तहका नेता कार्यकर्ताहरु सृजनशिलता र सहयोगी भावनाका साथ अगाडी बढ्न निर्देशन पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्