ज्योति लाईफ इन्स्योरेन्सको सिइओमा प्रकाश विक्रम खत्री नियुक्त




काठमाडौ २२ बैशाख । ज्योती लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश विक्रम खत्रीलाई नियुक्ती गरिएको छ । कम्पनी सचिव रामप्रसाद थपलियाका अनुसार २०७७ बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार बर्षका लागि सिइओमा नियुक्ती गरेको हो । बैठकले सोही दिन देखि लागु हुने गरि ४ वर्षको लागि सिइओमा नियुक्ती गरेको हो ।
। यस अघि नै निजलाइ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीकोलागि नियामक निकाय श्री बीमा समितिमा पठाइएकोमा बीमा समितिबाट मिति २०७७।०१।१७ गतेको पत्रबाट स्वीकृतीप्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको कम्पनीले जनाएको छ ।

को हुन प्रकाश विक्रम खत्री ?
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गर्नु भएका खत्रीले बेलायतको सबै भन्दा ठुलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेतअनुभव हासिल गरिसकेका छन ।
व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दख्खल भएका खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ। ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना देखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिसकेका खत्रीलाइ नै सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्