स्वार्थी जमातसंग सतर्क रहन नेताहरुलाइ किरांतीको आग्रह
सोलुखुम्बु , २२ बैशाख ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नम्बर प्रदेश कमिटीका सदस्य एबम् सोलुखुम्बु प्रदेश क का संयोजक महेश किरांतीले आफ्नो वरिपरि बसेर सकुनीको काम गर्दै आएको स्वार्थी जमातसंग नेताहरू सतर्क बन्नुपर्ने बताएका छन।
राजनीतिक दलहरूमा बिबाद र बिग्रह उत्पन्न हुनुको मुल कारण निहित ब्यक्तिगत स्वार्थका लागि सकुनीहरुले दिने गलत सल्लाह नै भएको उल्लेख गर्दै सामाजिक संजाल फेसबुकमार्फत किरांतीले सो कुरा बताएका हुन।उनले आफ्नो स्वार्थका लागि गलत सल्लाह दिने स्वार्थी जमात पार्टी नेता र कार्यकर्ताले चिन्नु र बुझ्नु जरूरी रहेको समेत स्पस्ट पारेका छन्।
‘जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई झन्डै दुई तिहाई मत दिई यो देशको सरकार चलाउने जिम्मा दिएका छन् । यो जनताले दिएको भारी मतलाई सम्मान गर्नु जरूरी छ ।’ किंरातीले भनेका छन। नेपालका झण्डै पैंसट्ठी प्रतिशत जनता कम्युनिष्ट पार्टीमा आस्थावान रहेको दावी गर्दै किरांतीले यो आस्थामाथि कुठाराघात नगर्न पार्टी नेताहरुलाई आग्रह पनि गरेका छन।उनले अगाडी भनेका छन्,-‘फेरी पार्टी फुटाउने, पार्टीलाई कमजोर बनाउने जनतालाई सधै दुस्ख दिने त्रसित बनाउने छुट नेताहरूलाइ छैन।’ जनताको मतको सम्मान गर्न नसके जनताले सदाका लागि बिदाइ गर्ने तर्फ सचेत रहनु पर्ने भन्दै उनले देश र जनताको शासक होईन सेवक बनेर काम गर्न जनप्रतिनिधिहरुलाइ आग्रह गरेका छन्।