रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन



काठमाडौं, १९ बैसाख । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । ८४ वर्षीय रानुदेवीको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा बिहीबार राति निधन भएको हो ।

उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २०६३ सालमा उनका बारेमा ५६ वर्षपछि… नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको उनका आफन्तले जनाएका छन् ।

उनी कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्