संकटमा जनताका सहयात्री बनेका सांसद राई भन्छन, ‘अब कृषिलाई प्राथमिकता दिंउ’



 

सोलुखुम्बु , १६ बैशाख । एक नगरपालिका र ७ वटा गाउँपालिका रहेको सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहले काठमाडौंमा बिपतमा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेका छन्। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लम्बिदैं गएपछि समस्यामा परेका आ-आफ्ना नागरिकहरुको उद्दारका लागि स्थानीय तहहरुले देखाएको तदारुकता सांच्चिकै प्रशंसायोग्य छ।संघीय सांसद हेम कुमार राई ‘सुरविर’ ले गर्नु भएको समन्वय र सहजीकरणको पनि यतिबेला मुक्तकण्ठले प्रशंसा भइरहेको छ। संघीय सांसद राइको नेतृत्व र सबै स्थानीय तहका प्रमुखहरुको सक्रियतामा ३ हजार ८ सय ५ जना नागरिकहरु जिल्ला भित्रिएका छन्। यो तथ्यांकमा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड र लिखुपिके गाउँपालिकाको यकिन संख्या समाबेश नभएको बताइएको छ।संघीय सांसद राइले सक्रियतापुर्बक दौडधुप नगरेको भए यतिधेरै संख्यामा नागरिकहरुको उद्दार गर्न सक्ने अवस्था नरहेको स्वयं गाउँपालिका प्रमुखहरुले नै बताउने गरेका छन् । सरकारले पासबिनाका सवारीसाधनको आवागमनमा पुर्ण रोक लगाएपछि उद्दारमा उत्पन्न भएको कठिनाइको गांठो फुकाउने काम सांसद राइले नै गरेका थिए।उनले गृह मन्त्रालयसंग समन्वय गरेर एक दिनका लागि उद्दारको अनुमति नल्याएको भए सोमबार गाउँ फर्कनका लागि काठमाडौंका विभिन्न ठाउँमा भेला भएका जिल्लाबासीहरुले पीडादायी र कष्टपूर्ण समय बिताउनुको बिकल्प थिएन।आफुहरुको उद्दारमा नायकत्व प्रदान गरेका राइको योगदान अविस्मरणीय रहने जिल्लाबासीहरुको प्रतिक्रिया छ।संकटको बेला जनताको साथ रहेर उनीहरूकै सेवामा आफुलाइ समर्पित गरेका राई वास्तविक जनप्रतिनिधि भएको टिप्पणी यतिबेला भैरहेको छ। बिपतमा रहेका नागरिकहरुको विवरण संकलनमा देखाएको चातुर्य र स्थानीय तहहरुसंगको समन्वयात्मक कौशलले सांसद राइलाइ सोलुको राजनीतिमा राम्रै स्थापित गरिदिएको छ।संघीय निर्बाचनताका आफुले उम्मेदवार नै नचिनेको खासखुस र बिपक्षीहरुले गर्ने गरेको टिप्पणीलाई एकपटक सम्झने हो भने राइले कमाइरहेको यो चर्चालाइ ठूलो राजनीतिक सफलताका रुपमा लिनुपर्छ । जिल्लाका सबै स्थानीय तहहरु पनि जनताप्रति उत्तिकै उत्तरदायी देखिएका छन।रातारात काठमाडौं भित्रिएर सफलतापुर्बक नागरिकहरुको उद्दार गर्न सक्नु चानचुने कुरा होइन। यो सफलता सबै गाउँपालिका प्राप्त गरेका छन।स्थानीय तहमध्ये सबै भन्दा बढी थुलुङ दुधकोसी गाउँपालिकाका नागरिक जिल्ला भित्रिएका छन् ।सो गाउँपालिकाबाट मात्रै १ हजार १ सय ९८ जनाको उद्दार गरिएको छ। त्यसपछि माप्यदुधकोसी र नेचासल्यानका नागरिकहरु गाउँ फर्किएका छन।गाउँ फर्कनेमा माप्यदुधकोसीका ५ सय ९७ र नेचासल्यानका ५ सय १० जना रहेको जनाइएको छ। यस्तैगरि खुम्बु पासाङल्हामु , महाकुलुङ र सोताङका क्रमशः ३ सय ४६, २ सय ८५ र २ सय ५८ जना नागरिकहरुको उद्दार गरिएको छ।काठमाडौंबाट उद्दार गरिएका सबै नागरिकहरुलाई सामान्य स्वास्थ्य परीक्षणपछि सेल्फ क्वारेन्टाइनमा राखिएको छ।


उता बिपतमा परेका जिल्लाबासीहरुको उद्दारका लागि नायकत्व प्रदान गरेका संघीय सांसद राइले कोरोनाको विपत्तीमा गाउँ फर्केका नागरिकलाई लक्षित गर्दै १४ मा क्वारेन्टाइनबाट निस्किएछि देश परदेशमाआर्जित सीप सम्बृद्ध गाउँ निर्माणमा लगाउन आग्रह गरेका छन।

उर्वर भूमि बाझो रहने क्रम बाक्लिदै गएकाले गाउँघरमै बसेर ग्रामिण सम्बृद्धि खोज्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै राइले सामाजिक सन्जाल फेसबुकमार्फत कोरोना विपत्तीमा गाउँ सम्झेर फर्केकाहरुलाई शहर फर्किदा अर्गानिक उत्पादन लिएर जाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन।

‘हाम्रो शहर बसाइको बाध्यता अ ध्ययन, रोजगारी र स्वास्थ्य उपचार नै प्रमुख हो । हिजो विकासकारी भुकम्प र आज कोरोना भाइरस, हरेक बिपत्तिमा हामी आफ्नो जन्म भुमि र आफन्तको नजिक हुन चाहन्छौ । गाउँघरलाई खन्डहर बाँझो बनाएर झिलिमिलि सुन्दर शहरले हामिलाई पुग्दैन रहेछ ।’ उनले भने, ‘हामी गाउँमा नै शैक्षिक क्षेत्रको विकास, सुविधा सम्पन्न अस्पताल, रोजगारीको निम्ति कृषि र जडिबुट्टीमा आधारित उद्योग,कलकारखाना निर्माण र माछा,मासु,फलफूल उत्पादनगरि बौद्धिक ऊर्जा शीजन शक्तिलाई गाउँघरमै रहने वातावरण बनाउन लागिरहेका छौ ।’ सांसद राईले ग्रामिण सम्बृद्धिमा हातेमालो गर्न आम नागरिकलाई अपिल गरेका छन्

प्रतिक्रिया दिनुहोस्