नेचा सल्यानको निर्णय परिवर्तन , अब होम क्वारेन्टाइनमै बसे हुने



सोलुखुम्बु , १३ बैशाख । नेचासल्यान गाउँपालिकाले १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सर्तसहित बिपतमा परेका आफ्ना नागरिकहरुको तत्काल उद्दार गर्ने भएको छ।बिपत ब्यबस्थापन समितिको हिंजोको बैठकले गरेका निर्णयहरुलाइ केहि परिमार्जन गर्दै गाउँ कार्यपालिकाको आज बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।बैठकले उद्दारको पर्खाइमा रहेका पालिकाबासीको सम्पूर्ण गाडी भाडा गाउँपालिकाले बेहोर्ने निर्णय समेत गरेको छ।

बिपत ब्यबस्थापन समितिको बैठकले गरेको निर्णय कार्यपालिका ले अनुमोदन गर्नुपर्ने प्रावधान छ।सोही प्राबधान अनुसार बसेको कार्यपालिका बैठकले नागरिक हरुको रायसुझाबका आधारमा हिंजोको बैठकको निर्णय परिवर्तन गरिएको हो बास्तोलाले भने ।बैठकले सुरुमा काठमाडौ उपत्यकामा रहेकाहरुको र त्यसपछि क्रमशः अन्य ठाउँहरुमा रहेका गाउँबासीको उद्दार गर्ने निर्णय पनि गरेको छ। पालिकाले तथ्यांक संकलनका क्रम गाउँपालिका फर्कन नचाहने र राहत चाहनेलाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ।  हेर्नुहोस निर्णय जस्ताको तस्तै

(शुक्रवार बिपत ब्यबस्थापन समितिले उद्दार गरि ल्याइएका नागरिकले अनिबार्य गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको थियोे ।
पालिका अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न सो बैठकमा उपाध्यक्ष कुमारी देबी शर्मा,२नं वडाध्यक्ष भेष कुमार बास्तोला बाहेक रमेशकुमार राई सहित अन्य वडाध्यक्षहरु, नेपाली कांग्रेस गाउँपालिका समिति सभापति निरकुमार शर्मा , नेकपा अध्यक्ष जगन्नाथ बास्तोला,श्री केदार माबिका प्रधानाध्यापक एकराज शर्मा ,उद्योग बाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेमराज भट्टराई , रेडक्रस सभापति छवि बास्तोला र पुर्णधन राई ,पुर्बाधार बिसका संयोजक जसबहादुर राइ बलगायत बिपत ब्यबस्थापन समितिका अन्यसदस्यहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्