लमजुङमा एउटा बाख्राले एक बेतमा ५ वटा पाठापाठी जन्माएपछि गाउँ नै चकित
लमजुङ ११ बैशाख । लमजुङमा एक किशानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । सुन्दर बजार नगरपालिका ९, फेदिकुनाका भिमबहादुर भुजेलले पालेको बाख्राले ५ वटा पाठापाठी जन्माएपछि गाउँले नै चकित परेका छन ।
पहिलो बेतमा एउटा पाठी र दोस्रो बेतमा २ वटा पाठो जन्माएको बाख्राले तेस्रो बेतमा मंगलबार २ पाठा र ३ पाठी गरी ५ वटा पाठापाठी जन्माएको हो ।
स्थानीय जातको बाख्राले ३र४ वटासम्म मात्र पाठापाठी पाएको थाहा भएकोले आफ्नो बाख्राले ५ पाठापाठी पाएकोमा आफूलाई आश्चर्य लागेको ७० वर्षीय भुजेलले बताए ।
स्थानीय जातको बाख्राले मुख्यगरी २ वटासम्म र अधिकतम ३र४ वटासम्म पाठापाठी जन्माउन सक्ने तर एकै बेतमा ५ वटा पाठापाठी जन्माएको नौलो घटना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए । यस अघि सोलुखुम्बुको नेचाबेतघारीमा पनि बोयर जातको बाख्राले ६ वटा पाठापाठी पाएको थियो ।