म्याद सकिएको नुन नबाँड्न हिमा गाउँपालिकाकालाई अदालतको आदेश



काठमाडौं । जुम्लाको हिमा गाउँपाालिकालाई म्याद सकिएको नुन वितरण नगर्न र नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले मंगलबार रिट दायर गरेका प्रतिभा शाही र नेत्रबहादुर शाहीको पक्षमा र गाउँपालिकाको विपक्षमा अन्तरिम आदेश दिएको हो । चैत्र २८ गते गाउँपालिकाबाट वितरित राहतको नुन म्याद सकिएको बाँडिएको भन्दै अदालतसम्म रिट दायर भएको थियो ।

 

रिटको पक्षमा पदमबहादुर शाहीले मंगलबार भिडियो कन्फ्रेन्सबाट वहस गरेका थिए । अदालतले बिहीबार सबै पक्षलाई वहसमा सहभागी हुन भनेको छ । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले गाउँपालिकाबाट वितरित नुनमा म्याद नभएको भनेर आफूहरुले त्यतिबेला नै आवाज उठाएको बताए । शाहीले नागरिकको स्वास्थ्य थप जोखिममा नपरोस् भनेर आफूहरुले विरोध गरेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्