बिपत ब्यबस्थापन समितिको निर्णय लत्याउंदै उपाध्यक्ष शर्मा
डिल्ली शर्मा ,
सोलुखुम्बु , ९ बैशाख ।जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं २ मा तोडफोड गरिएको ट्याक्टर सन्चालनका लागि उपलब्ध गराइएको पास गाउँपालिकाको बिपत ब्यबस्थापन समितिको निर्णय बिपरित भएको पाइएको छ।
कोरोना संकट रोकथाम तथा नियन्त्रणका बिषयमा छलफल गर्न बसेको बैठकको निर्णय बिपरित उपाध्यक्ष कुमारीदेवी शर्माको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गरांउदा सो घटना घट्न पुगेको गाउपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार खाद्यान्न ढुवानीका लागि बाहेक अन्य प्रयोजनका लागि पासका लागि सिफारिस नगर्ने बिपत ब्यबस्थापन समितिको निर्णय भएको भन्दै अध्यक्ष डुफकुमार बास्तोलाले बिजुलिको पोल ढुवानीका लागि पास उपलब्ध गराउन नसकिने बताएपछि पछिल्लो समय त्रिबेणी लघु जलविद्युत आयोजनासंग प्रत्यक्ष जोडिन पुगेकी शर्माले नै जिल्ला प्रशासन कार्यालय लाई पासका लागि सिफारिस गरेकी थिइन।
पुर्बमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसी र सोलुखुम्बु जिल्ला कार्य समितिका सचिव धन्जन राइको बलमा उपाध्यक्ष शर्मा बिजुलि जसरी पनि साविक नेचा बेतघारीको वडा नं ४ र बतासेको वडा नं १ मा भित्र्याउन हात धोएर लागेकी छन।राई साविक सल्यान -२ मा रहेको त्रिबेणी लघु जलविद्युत आयोजना अध्यक्ष पनि हुन। यिनै राई स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलासंग पराजित भएका थिए।
हालसम्म विद्युतबिहिन रहेको नेचामा केही महिनाभित्रै केन्द्रीय प्रशारण लाइनबाट बत्ति बल्ने निश्चिति भएपछि अध्यक्ष बास्तोलालाई असफल देखाउने त्यो भन्दा अघि नै नेचामा बिजुलिको पोल र तार टांग्ने तयारीमा केसी र राई छन् ।उनीहरूको यही योजना कार्यान्वयनका लागि अहिले उपाध्यक्ष शर्मा परिचालित छिन।नेचातर्फका सोझासिधा जनतालाई मोहरा बनाएर विद्युत बिस्तारका लागि भन्दै उनैले झन्डै ५ लाख रुपैयाँ उठाइसकेको बताइन्छ।उनले प्रतिघरधुरी ५ हजार ५ सय उठाउने गरेको स्थानीयहरु बताउँछन। नेचातर्फ बिजुली बिस्तारका लागी अध्यक्ष राई तयारीमा जुटेपनि सल्यानमा यो बिषयले कुनै पनि बेला अप्रीयस्थिति उत्पन्न हुन सक्ने भन्दै सल्यानबासीहरु चिन्तित बन्न थालेका छन्।
सदरमुकाम सल्लेरीबाट ल्याएका पोल केसीले आफ्नो निजि सम्पत्ति भन्दै घर लान खोज्दा स्थानीयले ट्रयाक्टर तोडफोडको घटनाक्रमले पनि सोही संकेत गरेको छ।स्थानीयबासी मात्र होईन आयोजना सन्चालक समिति पनि अध्यक्ष राइसंग रुष्ट छ।लघु जलविद्युत आयोजनाका बैधानिक उपभोक्ता सल्यानकै झन्डै २ सय परिवारलाई पुर्ण बेवास्ता गर्दै अध्यक्ष राइको नेचासम्म बिजुली बाल्ने एकलौटी निर्णय आफुहरुका लागि स्वीकार्य नहुने चेतावनी दिई रहेका छन।
बिजुली बिस्तारका लागि भन्दै लकडाउनका बीचमा उनीहरूले पोल ढुवानीको जबर्जस्त पहल गरेपनी त्यस बिषयमा हालसम्म कुनै छलफल नभएको समितिका सचिव जस बहादुर राइले रहस्यखबरलाइ बताए। बिगत लामो समयदेखि सन्चालनमा ल्याईएको सो आयोजनामा गुणस्तर कायम गर्न र लाभग्राहिकोसुचीमा सुचिकृत भएका र लामो समयदेखि रकम बुझाएर बिजुलिको प्रतिक्षामा रहेका सल्यानबासीहरुलाइ पहिला बिजुली बितरण गर्नुपर्ने दायित्व समितिको भएको भन्दै सचिव राइले सल्यानका उपभोक्ताहरुको सहमति प्रयासबिना सांच्चिकै बिस्तारको तयारी भएको भए त्यो दुर्भाग्यपूर्ण हुने बताए।