नेकपा नेचासल्यान भन्छ- “अहिलेको प्राथमिकता जनताको जीवनरक्षा हो”



सोलुखुम्बु , ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेचासल्यान गाउँपालिका कमिटीले कतिपय सन्चारमाध्यममा आफ्नो पार्टीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिम्मेवार ढंगले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

फाइल फोटो

नेचासल्यान गाउँपालिका वडा नं २ मा रहेको त्रिबेणि लघु जलविद्युत आयोजनाको बिस्तारमा अवरोध गर्ने नेकपाको कुनै योजना नरहेको स्पष्ट पार्दै अध्यक्ष जगन्नाथ बास्तोलाले विद्युत बिस्तारको विरुद्धमा नेकपा भनि प्रकाशित /प्रशारित समाचारप्रति खेद प्रकट गरेका छन् ।

स्थानीयस्तरमा बिजुलीको ब्यबस्थापन र क्षमता वृद्धि नगरी अन्यत्र बिस्तारको तयारी गर्न नहुने भन्दै सल्यानबासीहरु स्वतस्फूर्त आन्दोलित भइ रहेका बेला नेकपालाई बिकास बिरोधिका रुपमा उभ्याउने दुष्प्रयास हुनु दु:खद भएको भन्दै उनले संकटको यो घडीमा सबै राजनीतिक दल र सञ्चारमाध्यम जिम्मेवार ढंगले अघि बढ्नु बुद्धिमानी हुने उल्लेख गरेका छन् ।

पुरै बिश्व कोरोना भाइरस(covid-19) को जोखिम न्यूनीकरणमा एकदाबद्द भएर लागि रहेका बेला आफ्ना नागरिकलाई यसबाट कसरी सुरक्षित बनाउने भन्ने कुरामा गम्भीरतापुर्बक लाग्नु अहिलेको मुख्य कार्यभार रहेको उनको भनाइ छ। बास्तोलाले यो मुख्य दायित्वबाट च्युत भएर सस्तो लोकप्रियताका लागि जनताको ध्यान अन्यत्र मोड्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको आरोप समेत लगाएका छन् ।

लकडाउनका कारण मुलुककै प्रमुख बिकास आयोजनाहरु समेत अबरुद्ध रहेको बेला जनचाहनाको सम्बोधन नगरी एकलौटी ढंगले अगाडि बढ्न खोज्नु आफ्नै लागि प्रत्युद्पादक हुने भन्दै उनले जनताको जीवन रक्षाका लागि हातेमालो गरेर अगाडी बढ्न सबै संग आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्