नेकपा वडा कमिटीले बनायो राहत कोष
शोभित कुमार ढुंगेल
सोलुखुम्बु ८, बैशाख ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ५ नं वडा कमिटी नेचासल्यानले राहत कोष स्थापना गरेको छ। पार्टी वडा कमिटीको हिजो बसेको सचिवालय बैठकले कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका वडाबासीको सहयोगका लागि राहत कोष स्थापना गरिएको वडा कमिटी अध्यक्ष तिलक राइले जानकारी दिए।
कोषमा हिंजै नेकपा जिल्ला कमिटी सदस्य प्रवेश किंरातीले १० हजार , पार्टी गाउँ कमिटी सदस्य एबम् सोही वडाका वडाध्यक्ष राजन कुमार राइले ५ हजार ,आलु पकेट संचालक समिति संयोजक २ हजार ,सुमन राई २ हजार ५ सय,बिनोद राई २ हजार र वडा सचिवालयका पदाधिकारीहरु तिलक राई ५ हजार , दीपक राई २ हजार , प्रेम प्रसाद श्रेष्ठ २ हजार र झलक राइबाट २ हजार प्राप्त भएको उनले जानकारी दिए।
राइका अनुसार गाउँ पार्टी कमिटीको निर्देशन अनुसार जिल्ला बाहिर रहेका ब्यक्तिहरुको तथ्यांक संकलन गर्ने र स्वंसेवकका रूपमा ४० युवालाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको छ। स्थापना गरिएको सो कोषमा इच्छुक ब्याक्तिले रकम जम्मा गर्न सक्ने उनले बताए।