एनआईसी एशियाका ग्राहकलाई विभिन्न अनलाइनहरू मार्फत सामान खरिदमा छुट



काठमाडौं १ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ ।

दराज अनलाईनमा रहेको बिगमार्ट बचतका साथै सेलबेरी मेरो किराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।

जस अनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहक महानुभावहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नुहुनेछ । लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । यसका साथै यस बैकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ग्राहक सहायता केन्द्रहरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न उत्प्रेरित गर्दछ ।

जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ । हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारू गरेको छ भने कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रूपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रूपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ ।

उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्