टेलिकमले ल्यायो डाटाप्याकमा अफर



काठमाडौं २७ चैत्र  । नेपाल टेलिकमले आफ्ना ग्राहमा नयाँ अफर ल्याएको छ । टेलिकमले मुलुकमा लकडाउन घोषणा हुँदा दिएको अफर पुन दोहोर्याएको हो ।

टेलिकमले जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ । यसैगरी दोश्रो प्याकेजमा रु. २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ ।

यसरी रु. १ सयमा बोनससहित कुल ४ जीबी र रु. २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ । २. कम्पनीकै नेटवर्क भित्र ९इल ल्भत० भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १ सय ९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १ सयमा ७ दिनका लागि बोनससहित २ सय ८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुन जनाएको छ ।

साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको छुट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर रहने छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेको हालको विषम परिस्थितिमा माथि उल्लिखित व्यवस्थाबाट ग्राहकवर्ग तथा समस्त देशवासीलाई आफ्ना परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्