नेचासल्यान आवागमनमा पुर्ण रोक, अवज्ञा गरे सिधै क्वारेन्टाइनमा
डिल्ली शर्मा,
सोलुखुम्बु , २४ चैत्र। बिश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस ( covid-19) को जोखिम कम गर्नका लागि जिल्लाको नेचा सल्यान गाउँपालिकाले आवागमनमा रोक लगाउने निर्णय गरेको छ।सरकारले लकडाउन गरेको दुई हप्ता बितिसक्दा पनि कतिपय जिल्लाबाट सवारी पास लिएर आउँने क्रम नरोकिएपछी पालिकाको बिपत ब्यबस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।
मुलुक कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा नागरिकहरुको स्वास्थ्यकै लागि आफुहरु यस्तो अप्रीय निर्णय गर्न बाध्य भएको बताउंदै अध्यक्ष बास्तोलाले निर्णय कार्यान्वयनका लागि सहयोग गर्न गाउँबासीहरुसंग आग्रह पनि गरेका छन्। सरकारले लकडाउन घोषणा गरेयता काठमाडौ,भक्तपुर,ललितपुर,सुनसरी,मोरङ,सिराहा,सप्तरी र ओखलढुंगाबाट प्रवेश गर्नेहरूको क्रम नरोकिएपछी सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाइ पास उपलब्ध नगराउन अनुरोध गर्ने निर्णय बैठकले गरेको पनि सो गाउँपालिकाले जनाएको छ।
बैठकले नेचासल्यान प्रवेशका थप दुई नाका खाल्पा र चिसापानीमा समेत स्वास्थ्यकर्मीसहितको चेकपोस्ट स्थापना गर्ने निर्णय गरेको छ।बैंककको निर्णय अनुसार चेकपोस्टमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,गाउँपालिका प्रतिनिधि र स्वयंसेवक रहनेछन् ।आवश्यक खाद्य सामाग्रीहरुको ढुवानीका लागि पास लिनेले सम्पुर्ण बिवरण खुलाउनु पर्ने र सामान ल्याइसकेपछि सुरक्षाकर्मी राखेर रुजु गराउनुपर्ने निर्णय समेत बैठकले गरेको छ। कोराना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले निर्बाह गरिरहेको भुमिका संतोषजनक रहेको ठहर गर्दै बैठकले संक्रमणका कारण कसैले क्वारेन्टाइनमा बस्नुपर्ने परिष्थित उत्पन्न भएमा त्यसका लागि आवश्यक खाना र सेवा सुबिधाका लागि तयारी थाल्ने निर्णय समेत समितिको बैठकले गरेको जनाइएको छ।बैठकमा एक महिना अघि वैदेशिक रोजगारीबाट फर्किएका १७ जना र गाउँपालिकामै बसोबास रहेकाहरू कसैमा पनि कोरोना भाइरस संक्रमण नरेको बिबरण गाउँपालिकाले दिएको थियो।
कोरोना संक्रमणको चर्चा चले यता दुबईबाट ४, मलेसियाबाट २,भारतबाट ४, कोरिया र कुबेतबाट२/२ र कतारबाट १जना गरि १७ जना गाउँपालिका प्रबेश गरेको बैठकमा जानकारी गराइएको थिए।ती मध्य १३ महिला र ४ पुरुष रहेका छन। बैठकले दैनिक अध्यावधिक बिबरण तयार गर्न कर्मचारी खटाउने निर्णय समेत गरेको छ।निर्णय अनुसार स्वदेश तथा बिदेशबाट गाउँपालिका प्रवेश गर्नेहरूको विवरण त्तयार गर्न हुतराज बास्तोला,औसधिको विवरण तयार गर्न युबराज कटेल, राहतको विवरण तयार गर्न हिमालय दाहाल र नाकाबाट फर्काएको ब्यक्ति र आकस्मिक रुपमा उपलब्ध गराइएको पासको विवरण तयार गर्न भोजनारायण राजभण्डारीलाइ जिम्मेवारी दिइने छ।