दक्षिण कोरियामा रहेका सोलुखुम्बेलीहरु जिल्लाबासीको स्वास्थ्यप्रति चिन्तित, पांच लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी
काठमाण्डौ, २३ चैत्र । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका सोलुखुम्बुबासीहरुको साझा संस्थाका रुपमा रहेको सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ।बिश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (Covid-19) संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरुको अभाव भैरहेका बेला झन्डै ५ लाख रुपैयाँ बराबरको सेनिटाइजर,पीपीइ र मास्क सहयोग गर्न लागिएको समाजका अध्यक्ष बिशन राइले जानकारी दिए।
राईका अनुसार खरिद गरेर काठमाडौमा तयारी अवस्था राखिएका ती स्वास्थ्य सामाग्री सोलुखुम्बु प्रदेश क का सांसद उत्तम बस्नेतमार्फत स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।स्वास्थ्य सामाग्री सहित सांसद बस्नेत सोमबार सोलुखुम्बु जाने तयारीमा रहेको जानकारी समेत अध्यक्ष राइले दिए। कोरियामा कार्यरत सोलुखुम्बु बासीहरुबाट संकलित रकमबाट पहिलो चरणमा जिल्लाका लागि ३० वटा पीपीइ सहयोग गरेको समाजले दोश्रो चरणमा ८० वटा ह्यण्ड सेनेटाइजर, १०० वटा पीपीइ र १४०० पीस मास्क सांसद बस्नेतलाइ हस्तान्तरण गरिने जनाएको छ।
संघीय प्रतिनिधिसभाका सदस्य हेमकुमार राइ ‘सुरबीर’ र प्रदेश सांसद बस्नेतले नै स्थानीय तहहरुलाइ स्वास्थ्य सामाग्री बितरणमा सहजीकरण गर्ने अध्यक्ष राइले जानकारी दिए। सुरुमा जिल्लाका सबै स्थानीय तहलाई बराबर संख्यामा बितरण गर्ने सोच हामीले बनाएका थियौं, तर कतिपय तहमा स्वास्थ्य सामाग्री प्राप्त भैसकेको जानकारी आएपछि आवश्यकताका आधारमा बितरण गर्न हामीले आग्रह गरेका छौं राइले भने।सांसद राइले समाजले पहिलो चरणमा पठाएको स्वास्थ्य सामागी महाकुलुङ गाउपालिलाई आइतवबार हस्तान्तरण गरेका छन । प्रदेश सांसद बस्नेतकै सल्लाह अनुसार समाजले तेस्रो चरणमा कोरोना भाइरसको जांच गर्ने किट्स र ज्वरो नाप्ने गन थर्मोमिटर सहयोग गर्ने तयारी सुरु गरेको जानकारी समेत राइले दिए। सुरुमा दक्षिण कोरियामा रहेका नेपालीहरुको हकहित र संरक्षणका लागि सम्पर्क समितिका नाममा १७ बर्ष अघि स्थापना गरिएको सोही संस्था पछि सोलुखुम्बु सेवा समाज दक्षिण कोरियामा रुपान्तरण गरिएको बताइको छ।समाजले काम बिहिन भएका नेपालीहरुका लागि बसोबासको प्रबन्ध गर्न दक्षिण कोरियामा तीन कोठे हिमालय सोलु सेन्टरको स्थापना गरेको जानकारी दिदैं अध्यक्ष राइले यस अघि पनि जिल्लाका विभिन्न ठाउंहरुमा स्टेचर लगायतका सामाग्री बितरण गर्दै आएको स्मरण गरे।
नवौं महाधिबेशनबाट आफू अध्यक्षमा चुनिएपछी नै जिल्ला अस्पताल फाप्लुलाई समाजकातर्फबाट एम्बुलेन्स सहयोग गरिएको बताउंदै राइले भने, टीआर खालिङ नेतृत्वको अघिल्लो कार्यसमितिकै पालामा सांस्कृतिक कार्यक्रमको आयोजना गरि त्यसबाट उठेको रकमबाट एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइए पनि पछि त्यो हस्तान्तरण गरियो। जिल्ला अस्पताल फाप्लुले संरक्षण गर्न नसक्ने बताएपछि अहिले सो एम्बुलेन्स सोलुदुधकुण्ड नगरपालिकाले सन्चालन गर्दै आएको राइले जानकारी दिए।उनले भने-यस बाहेक आर्थिक रुपमा बिपन्न गम्भीर बिरामिको उपचारमा समेत समाजले सहयोग गर्दै आएको छ।